जनकपुरधाम, साउन २५ गते । निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत बिहिबार मध्यवर्ती तालिम मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा सम्पन्न भएको छ । सो पालिकाका १४ जना महिला जनप्रतिनिधिलाई तीन दिवसीय मध्यवर्ती प्रशिक्षणको पहिलो भोड्युल सम्पन्न भएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षक द्वय वेग बहादुर घिमिरे र संझना वर्माले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले समुहबनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । यो भन्दा पहिला जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको औरही नगरपालिकाका महिला जनप्रतिनिधिहरु प्रशिक्षण पछि जनचेतनामुलक कार्यक्रम वडास्तरमा गर्दै छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।