सप्तरी, भदौ १३ गते । सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको हाे ।बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् । सो घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । साभार : गोरखापत्र
3 वर्ष पहिले
415 Post Views






ffffffffffffffff_1780055023.jpg)
