जनकपुरधाम, भदौँ १३ गते । निर्वाचित महिला जनप्रतिनिधहरुको क्षमता विकासका लागि महोत्तरी जिल्लाको विभिन्न पालिकामा माण्डवी दिएको प्रशिक्षणका क्रममा तिन दिने तालिम बुधबार भंगहामा सम्पन्न गरेको छ । सो पालिकाका २० जना महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलको समापनमा पालिकाका उपप्रमुख शान्ति कुमारी देवी स्ािँहले यस्ता तालिमले महिला जनप्रतिनिधिहरुको कार्यक्षमतामा धेरै विकास भएको बताउनु भयो । अहिलेका महिला वडासदस्यहरुले यस्ता प्रशिक्षणबाट सक्षम भई भोली नेतृत्व तहमा समेत पुग्ने ठाउँ रहेको उहाँले बताउनु भयो । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । सहभागीहरुलाई प्रशिक्षक पार्वर्ती भट्टराईले प्रशक्षिण दिनुभएको छ ।सो प्रशिक्षणको समापनमा माण्डवीका अध्यक्ष अन्जु झाको समेत सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।