काठमाडौं, असोज ७ गते । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए।यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ।नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन्। ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन्। साभार : डिसी नेपाल
3 वर्ष पहिले
369 Post Views


ffffffffffffffff_1780055023.jpg)




