दिपेश मल्लिक
जनकपुरधाम, असोज ३० गते ।आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड जनकपुर शाखाको आयोजनामा धनुषा र महोत्तरीका किसानहरुका लागि कृषी-बाली तथा पशुपंछी बिमा सम्बन्धि कार्यक्रमको आयोजना भएको छ । यसको खास उद्देश्य चाहि किसानहरुलाई कृषी तथा पशुपंछी बिमा वारे जनचेतना जगाउनु हो । आईजीआई प्रुेडन्सियल इन्स्योरेन्स लिमिटेड जनकपुर शाखा कार्यालयका प्रमुख हेमन्त कोइरालाले किसानहरुका लागि बिमा गराउनु फाइदाको विषय भएकोले कृषि विमाको महत्वबारे बुझि समयमा बिमा गराउनु जरुरी रहेको बताउनु भयो ।
उहांले किसानलाई हुने फाइदाको वारेमा जानकारी गराउंदै किसानले न्यून मात्रामा मात्र बिमाको प्रिमियम बुझाउनुपर्ने प्रावधान भए पनि जनचेतना तथा शिक्षाको अभावले कृषि बिमा गराउनेको संख्या मधेश प्रदेशमा न्यून रहेको समेत जानकारी गराउनु भयो ।
शाखा प्रमुख कोइरालाले भने नेपालमा कृषि वाली, पशुपन्छी बिमा गर्ने प्रावधान रहेको भएपनि बिमा गराउनेको संख्या बढ्न सकेको छैन । ८० प्रतिशत बिमाको रकम नेपाल सरकारले नै तिरिदिने प्रावधान भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसान तथा पशुपालक किसानले अनिवार्य रुपमा नै बिमा गराउनुपर्ने आवश्यकता रहेको जोड दिनुभयो ।
अहिले पन्छीतर्फ ७ प्रतिशत, पशुतर्फ ५ प्रतिशत, मत्स्यतर्फ ३ प्रतिशत तथा बालीतर्फ ५ प्रतिशत मात्र किसानले बिमा गराए बापत प्रिमियम तिर्नुपर्ने प्रावधान भएकाले किसानलाई बिमा गराउन आग्रह समेत गर्नु भयो । साथै उहांले गाई-भैसी चोरी भएमा, हराएमा, उपचार नभएमा विमा कम्पनी जवाबदेहिता नलिने जानकारी समेत गराउनु भयो । यसको उदेश्य चाहि कृषि विमा, बालि विमा, पशु विमा भएकोले घटना भएको बेला प्रमाणको आधारमा कागज पुर्याई प्रक्रियागत रुपमा हुने जानकारी गारउनु भयो ।
यस कर्यक्रममा बैंक तथा वितिय संस्थाका प्रमुख , कृषी प्राविधिक , कृषक, व्यापारी तथा किसानहरुको उपस्थिति रहेका थिए । यता कर्मचारीहरुमा देव नारायण साह, अजय कुमार कामत, गोदावरी कापरी, जय कुमार दास, सचिन कुमार यादव , मुकेश कुमार यादव , रामऔतार मुखिया तथा वक्ताहरुमा डा. मुकेश नायक , अनिल कुमार महतोले आ-आफ्नो मन्तब्य प्रकट गर्नु भयो ।