काठमाडौं ,कार्तिक १३ गते । आजदेखि सुरु भएको टी–२० विश्वकप छनोटमा नेपालले सिंगापुरबाट १४६ रनको मध्यम लक्ष्य पाएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।सिंगापुरलाई रनमा रोक्न नेपालका एक खेलाडीले तीन तथा तीन खेलाडीले समान दुई दुई विकेट लिए । नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले समान दुई दुई विकेट लिएका छन् । नेपाली बलर सोमपाल कामी विकेट विहिन रहे । सिंगापुरका तीन खेलाडीले खाता नै खोल्न सकेनन् ।सिंगापुरका कप्तान अरित्रा दत्त, अर्मत्या कौल र अनन्था कृष्णाले खाता नै खोल्न सकेनन् । त्यस्तै रोहन रंगाराजनले सर्वाधिक ४६ रनको योग्दान गर्दा आर्याविर चौधरीले ३७ र मनप्रित सिंह २४ रनको योगदान गरे । जनक प्रकाशले ७, सुरेन्द्र चन्द्रमोहनले ६ रन बनाउँदै आउट भए । थिलिप थिल्लपनले एक रनमात्र बनाउन सके ।साभार : अर्थपूर्ण