जनकपुरधाम, मंसिर २४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित ठाडी युवा क्लवको छठ पुजामा भएको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । शनिवार क्लवका अध्यक्ष रमेश कुमार महतोले हिसाब किताव सार्वजनिक गरेको हो । क्लवले सार्वजनि गरेको विवरण अनुसार छठपूजामा तीन लाख तिन हजार २७ रुपैया आम्दानी र तीन लाख तेरह हजार नौ सय पैतिस खर्च भएको उल्लेख छ ।