काठमाडौं, पुस २० : दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको विरुवा रोपेका छन्।बिहीबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ। नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर गरेका छन्।त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ। जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो वदेश फर्किने कार्यक्रम रहेको छ।
साभार : काठमाडौं प्रेस

2 वर्ष पहिले
300 Post Views




ffffffffffffffff_1780055023.jpg)


