किशोर मण्डल
सबैला (धनुषा),माघ १८ गते । धनुषाको सबैला नगरपालिका–८ ठिल्ला स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। Lily leaves social enterprises ललितपुर का संस्था र सबैला नगरपालिकाका बहुक्षेत्रीय पोषण शाखाको सहजकर्ता मो सेराजुल आलमको सहयोग तथा वडा अध्यक्ष सेराजुल राईनको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो। पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको संस्थाका सीईओ लिली कटुवालले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’ झोला वितरण गर्दै संस्थाका सीईओ कटुवाललेले भने।
आधारभूत विद्यालय ठिल्ला मा अध्ययनरत छात्र/छात्रा लाइ २ सय २५,मदरसा दारुल होदा ,मदरसा नजबुल होदा ,मदरसा समसुल होदा,मदरसा मखनाहा लगायत शैक्षिक संस्थाहरुमा जम्मा ६५० बालबालिकालाई झोला वितरण गरिएको युवा अभियन्ता कयुम राइनले जानकारी दिए। हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे। झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक दिनेश कुमार रायको विश्वास छ। झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे। आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोग प्राप्त भइरहोस भन्ने अपेक्षा व्यक्त गरे। हाल सामुदायिक बिद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचि लाइ पनि यस किसिमको सहयोग वाट बिद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक बिद्यालय प्रति आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो। झोला वितरण गर्ने कार्यक्रमको अध्यक्षता सबैला नगरपालिकाका कार्यपालिका सदस्य सकिला खातुनले गरेका थिए भने प्रमुख अतिथि उप प्रमुख रहिमा खातुन रहेको थियो। सो कार्यक्रममा नेपाली काँग्रेसका धनुषा जिल्ला सह सचिब साकिर राइन लगायतका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो।