धनुषा , माघ २६ गते ।जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । त्यस मध्ये उत्कृष्ठ ५ जनालाई चुनिएको छ । प्रतिस्पर्धाबाट छानिएका पांच छात्र छात्रा विच फाल्गुन १० गते आयोजन हुने साहित्य महोत्सवको प्रथम दिन सहभागीता गराई प्रथम द्वितीय र तृतीयलाइ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।
प्रथम हुनेलाइ नगद२१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।
उत्कृष्ट पांचजना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छात्र विवेक पाठक , ॐ आर सी एसका निशान्त ठाकुर , श्री गोगल प्रसाद माविकी छात्रा आयुषी पाण्डे, मिथिला मॉन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छीन ।
आजको कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदश्य रामअशीष यादव हुनुहुन्थ्यो भन्ने निर्णायक मण्डलमा डॉक्टर रेवती रमन लाल , पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा 'दिनमणि', कवयित्री किरण झा लागयतका थिए । कवि गोष्टिको कोर्डिनेटरको रुपमा थिए कवि काशिकान्त झाजी थिए ।
भोली दिनको ११ बजे आर्ट एंड क्राफ्टको आयोजन नोचा पोखरिको डिलमा हुने छन ।
हिजो मात्र ३९ छात्र-छात्रा मध्ये पांच उत्कृष्ठलाइ वक्तृत्वकला प्रतिगिताको फाइनलको लागि छानियेको छ ।