जनकपुरधाम, माघ २६ ।पेट्रोलियम व्यवसायीहरुका अधिकारको लागि अग्रसरता लिएका पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामको निर्वाचन भोलि शनिवार हुने भएको छ ।
अध्यक्ष पदका उम्मेदवार किसुनदेव साह सुडीले सात बुन्दे घोषणा-पत्र प्रस्तुत गरि आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।
आकांक्षी उम्मेदवार साहले नेपाल आयल निगम अन्तर्गत रहेको इन्धन डिपो महेन्द्रनगर, धनुषाको पेट्रोलियम पदार्थको क्षमता विस्तार गरि विधान अनुकूल सञ्चालन गर्ने बताए ।
उनले डिलर्स एशोसिएसनको निर्वाचन निष्पक्ष र विधान सम्मत गराउन माग गरे ।
उनले आफूलाई सहयोग गर्न संघका साथीहरुलाई आग्रह गरे ।