दिपेश मल्लिक
जनकपुरधाम, ८ चैत ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा निबुवा-तांखुवा जलाधार क्षेत्रको समीक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना भएको छ ।
विहिवार अन्तराष्ट्रिय एकिकृत परवतिय विकास केन्द्र क्ष्ऋक्ष्ःइम् सहकार्यमा गोष्ठीको अयाोजना गरिएको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा भएको गोष्ठीमा वैज्ञानिक रुपमा कसरी जलाधार योजना बनाउने विषयमा छलफल गरिएको छ ।
वक्ताहरुले जलाधारको मुल सुधार संरक्षणका बारेमा जोड दिदै फिल्ड अनुसन्धान, वैज्ञानिक अनुसन्धान , भू-उपयोग , जिविकोपार्जन तथा विभिन्न क्रियाकपलाप माथि छलफल गरेका थिए ।
धनकुटा नगरपालिका र इसिमोडको संयुक्त आयोजनामा भएको गोष्ठीमा फिल्ड अनुसन्धान, जिविकोपार्जन सम्बन्धी, वन सम्बन्धि , लैगिंक विविधता तथा जलवायु परिवर्तन सम्बन्धी ६ वटा पक्ष समेटिएको थियोे । महोत्तरीको रातु नदीको फिल्ड भिजिट र निबुवा - तांखुवा जलाधार क्षेत्रको समीक्षा गोष्ठी गर्नुपर्ने भएकोले जनकपुरमा कार्यक्रम आयोजना गरिएको इसिमोडका शैलेन्द्र शाक्यले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति का उपाध्यक्ष सावीत्रा राई , जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा , धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।