दिपेश मल्लिक
जनकपुरधाम, चैत ३० गते ।महोत्तरीको रामगोपालपुर नगरपालिका लक्ष्मिपुर निवासी अन्जना मिश्रले अमर पजियार नामको व्यक्तिले जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । विहिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी मिश्रले सो आरोप लगाएकी हुन् ।
उनले मेरो जेठाज्यु र देवरको नाउँमा तीन करोडको झुठो कपाली तमसुक बनाएर ३० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र गरेको दुखेसो ब्यक्त गरेकी छिन् । उनले मेरो बाजे ससुर अक्षेबर सिंह र ससुरा रामकिशोर सिंहको नाउँमा रहेको ३० बिघा जग्गा हड्पने दाउमा पजियार रहेको ध्यानाकर्षण गराईन ।
उनले पजियारले अदालतमा मुद्दा दर्ता गराई जग्गा रोक लगाएकोले न्यायको लागि भौतारिएकी बताईन् । नेपाल सरकारको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछाने प्रदेश स्तरीय सुरक्षा बैठकमा जनकपुरधाममा आएकोबेला पिडित मिश्रले आफ्नो समस्याको बारेमा गुहार लगाईन् ।