दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि. ठूलो फड्को मारेको कार्यक्रममा सहभागी वक्ताहरुले बताए ।
वैष्णवीले अफ्ना सदस्यहरुका लागि शनिवार सदस्य शिक्षा तथा व्यवसाय प्रर्वद्धन कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य एवं प्रमुख अतिथि नथुनि यादवले मधेश प्रदेशको सहकारीहरुमा वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि. नमूनाको रुपमा उदयमान रहेकाे बताए ।
उनले कतिपय सहकारी संस्थाहरु सदस्यहरुका वचत रकम समयमा फिर्ता गर्न नसक्दा संस्थाहरुको हालबेहाल भएको दुखेसो ब्यक्त गरे ।
उनले सहकारीमा जनताको पैसा भएकोले दुरुपयोग नगरी समयमा सावा व्याज चुक्ता गर्न आग्रह गरे ।
उनले अल्पज्ञान र व्यवसायिक कार्यकुशलताको अभावमा केही सहकारी संस्थाहरु बदनाम भएको कारण आम–जनसमुदायमा विश्वासको वातावरण बनाउन जरुरी रहेको उल्लेख गरे ।
वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेप्सकुन तालिम अधिकृत राजेन्द्र ढकाल, शिक्षा समितिकाे आशा खड्का , राष्ट्रिय सहकारी महासंघ कमनिकेशन विभाग प्रमुख रामसुदन तिमिल्सिना, वैष्णवीका प्रमुख एवं व्यवस्थापक जयनाथ मण्डल , कार्यक्रम सञ्चालक दिलिप कुमार साह लगायतको उपस्थिति रहेको थियो ।