जनकपुरधाम , बैशाख १६ गते । महिला तथा युवतीहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले विगतमा सात दिने मेहन्दी तालिमको आयोजना गरेको गीन स्पेस नेपालले आइतबार देखि एक महिने एडभान्स तालिम सुरु गरेको छ ।
ग्रिन स्पेस नेपाल तथा जनकपुर हेन्डमेड आर्ट र क्राफ्टको संयुक्त आयोजनामा सुरु भएको सो तालिममा सहभागीहरुलाई प्रशिक्षक प्रियंका साहले प्रशिक्षण दिने आयोजक संस्था ग्रिन स्पेस नेपालका अध्यक्ष धीरज साहले जानकारी दिनुभयो ।