जनकपुरधाम, वैशाख १८ गते ।
धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले जग्गा कब्जा गरेको आराेप एक मन्दिरका महन्तले लगाएकाे छ ।
साेमबार श्रीरामजानकी बेल्ही कुट्टी जनकपुरधामको महन्त अनिल दास वैश्वनले पत्रकार सम्मेलनको आयोजना गरि आरोप लगाएकाे हाे ।
उनले नगराईन नगरपालिका वडा नं. ५ गंगुली चौरीमा रहेको ८ विग्घा एक कट्ठा सबा चौदह धुर जग्गा जवजस्ती सहि छाप गरि हडपिने प्रयार गरेको आराेप लगाएका छन् ।
जग्गा श्रीरामजानकी धनुषधारी मन्दिर तुलसियाहीको पुजारी मेरो गुरु महराज श्यामनारायण दास वैश्नवको नामका रहेकाे उल्लेख गरे ।
उनले जबरदस्ती जग्गा कब्जा गरेकाे भन्दै आफ्नाे समस्याकाे बारेमा जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएकाे ध्यानाकर्षण गराए ।
पिडित महन्त दासले न्यायकाे लागि जिल्ला प्रहरी कार्यालय धनुषामा गुहार गरेकाे दुखेसाे ब्यक्त गरे ।
उनले किर्ते सम्झौता पत्रमा मेरो जबरजस्ती सहीछाप गराएकोले अपराधिक कार्यप्रति सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरे ।