जनकपुरधाम,२१ गते बैसाख । गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागीका घटना पछि प्रभावितहरलाई राहत दिने क्रम जारी रहेको छ । घटना भए देखि विभिन्न संस्था तथा सरकारी गैरसरकारी संस्थाहरुले ति आगलगी प्रभावितहरुका लागि विभिन्न प्रकारका राहत बाँड्ने गरेका छन् ।
यसै क्रममा बिहिबार नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. प्रदेश कार्यालयको आयोजनामा आगलागी प्रभावित एक सय ४ वटा घरमा तथा ३ जना विपन्न परिवारलाई एक एक थान साड़ी प्रदान गरिएको छ ।सो ईन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सामाजिक सुरक्षा करबाट संचित रकमले साड़ी खरिद गरी आगलागी प्रभावितहरुलाई साड़ी वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. का मधेश प्रदेश प्रमुख दशरथ झाले जानकारी दिनुभयो । केन्द्रिय कार्यालयको सहयोगमा मटिहानी नगरपालिकाको समन्वयमा सो साड़ी सबै प्रभावितलाई बाँडिएको छ ।
घटना भए देखि विभिन्न संस्थाहरुले प्रभावितहरुका लागि राहत स्वरुप खानेकुरा, किरानाका सामानहरु, भाँडाकुडाँ तथा सामानहरु दिइएकाले प्रभावित महिलाहरुलाई साड़ी सहयोग गरेको झाले जानकारी दिनुभयो ।मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अंसारीको उपस्थितीमा प्रभावितहरुलाई राहत वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.का जलेश्वर शाखा प्रमुख रुपेश कुमार झाले जानकारी दिनुभयो । सो राहत वितरणमा नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.कर्मचारी, अभिकर्ता तथा मटिहानी नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।