जनकपुरधाम, २४ वैशाख । शी लिड्स नेपाल परियोजना अन्तर्गत महिला नेतृत्व कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आइतवार मान्डवीद्वारा रौतहटको चन्द्रपुरमा निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । निर्वाचित महिला जनप्रतिनिधिहरुको काम कर्तब्यका बारेमा बोध गराउन मान्डवीले खेलेको भूमिका सराहनिय रहेको वक्ताहरुले जोड दिए । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा लगायतका जिल्लाहरुवाट निर्वाचित महिला जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता कार्यक्रममा रहेको शी लिड्सका परियोजना संयोजक मुनिलाल बैठाले जानकारी दिए ।
उनले शी लिड्स नेपालले जेन्डर मैत्रि सम्बन्धि गरेको कार्यक्रमले महिला नेतृत्वमा विकास हुनुको साथै क्षमता अबिवृद्धि हुने बताए । उनले निति तथा योजना बनाउंदा लैडिंक तथा सामाजिक समावेशीकरणको विषयलाई ध्यान दिनुपर्ने बताउंदै महिलाहरुको क्षमता अभिवृद्धि, आय आर्जन र रोजगारी वृद्धि गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागि महिला वडा सदस्यहरुले हामीलाई मात्रै बहुमत पुगाउने हस्ताक्षरकर्ताको रुपमा प्रयोग गर्दै आएको ध्यानाकर्षण गराईन् । उनीहरुले बजेट चलाउन र बजेट बारे बुझ्ने अधिकार नदिएको दुखेसो ब्यक्त गरिन् ।
aनेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले महिलाको नेतृत्व विकासको लागि मान्डवीले खेलेको भूमिका सराहनिय रहेको बताए । उनले महिलाहरुलाई आफ्नो हक–अधिकारको लागि आफैं जागरुक हुन प्रेरित गरे । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्याल , माण्डवी धनुषाका कोर्डिनेटर रामआज्ञा साह , महोत्तरी मान्डवीका शफरुल कवारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।