जनकपुरधाम, जेठ ९ गते । धनुषा विदेह नगरपालिका वडा नं. ७ नवटोलिमा गर्भवति महिला तथा पांच वर्ष सम्मको बालबालिकाको अभिभावकहरुलाई समूह बनाई महिनै पिच्छे अभिभावक शिक्षा कार्यक्रम दिने गरेको छ ।
सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको आयोजना र विदेह नगरपालिकाको समन्वयमा बुधवार सञ्चालित कार्यक्रममा सहभागीहरुलाई अभिभावकको मुख्य दायित्वको बारेमा सशक्त बनाउन प्रशिक्षण दिईएकाे हाे ।
सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका फिल्ड सुपरभाईजर दिव्या झाले कार्यक्रममा २० जना महिलाहरु सहभागि रहेका बताईन ।
उनले डिहबार बाबा अभिभावक समूह र मां भगवती अभिभावक शिक्षा समूह गरि दुईटा समूह रहेको खुलाईन ।
उनले कार्यक्रममा सहभागिहरूलाई बाल सन्देश शिक्षाका संगै बालबालिकाहरूलाई हाैसला बढाउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रेरित गरेकाे बताइन् ।
विदेह नगरपालिका गिद्दा हेल्थ पोष्टका कर्मचारी एवं प्रशिक्षक अरविन्द गोईतले बालबालिकाकाे भावना बुझी कुनै प्रकारकाे शारीरिक यातना नदिई प्रेम पूर्वक व्यवहार गर्न अभिभावकलाई प्रेरित गरे ।
उनले बालबालिकाकाे मस्तिष्क विकासमा वंशानुगत गुुण तथा वातावरणकाे प्रमुख भूमिका रहेकाे जनाए ।
नवटाेलीकी महिला स्वयमसेविका एवं सहजकर्ता खुस्बु दासले प्लान इन्टरनेशनल नेपाल कार्यक्रमका मुख्य सहयोगीको रुपमा रहेको बताईन ।
उनले अभिभावक शिक्षा कार्यक्रमले हामी सहभागी महिलाहरूलाई बालबालिकाकाे जिम्मेवारी प्रति संम्वेदनशिल गरेकी धारणा राखिन् । कार्यक्रममा विदेह नगरपालिकाका सह संयाेजक नजिर नदाफ पर्यवेक्षकका रूपमा रहेकाे थियाे ।