जनकपुरधाम , जेठ १० गते । सार्वजनिक दलान बनाउने विषयमा बिबाद हुँदा धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नं. ७ सुगाा मधुकरहीमा स्थानीयबासी विरोध गरेका छन् । मधेश प्रदेशको पुर्वाधार विकास कार्यालयद्वारा १५ लाखको लागतमा निर्माणाधिन सो सार्वजनिक दलान सोहि वडामा अन्य स्थानमा बनाउन स्थानीय महिलाहरुले दवाव दिएकाले ततकालको लागि काम स्थगित गरिएको छ । स्थानीय महिलाहरुका अनुसार आफुहरुको घर अगाडी सार्वजनिक दालान निर्माण हुँदा आफुहरुलाई समस्या हुने भएकाले नजिकमा नै रहेको अर्को स्थानमा सो दलान बनाउन दवाव दिएको सथानीय रिना मण्डलले जानकारी दिनुभयो ।
विवाद भए पछि सो स्थानमा पुगेका भौतिक पुर्वाधार कार्यालय धनुषाका प्रमुख ई. रामकिशोर साहले १५ लाखको लगानीमा पुर्वाधार कार्यालयबाट बन्न लागेको सो सार्वजनिक दलान ठाउँको आभावमा खोला किनारमा बस्ति नजिक नै बनाउन लागेपनि स्थानीयबासीको विरोध पछि अब यसको विकल्प खोज्न सकिने बताउनु भयो ।
उहाँले वडा अध्यक्षको अगुवाईमा विवाद समाधान गर्न पहल भईरहेको जानकारी दिनुभयो । वडाअध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सर्वजनिक दलान निर्माण हुन लागेको स्थानीय अमण मण्डलले बताउनु भयो । यता, वडाध्यक्ष लालबाबु यादवले वडाबासीहरुकै सहमतिमा सबैलाई पायक पर्ने ठाउँमा सो सार्वजनिक दलान निर्माण हुनलागेको दावी गर्नुभयो । स्थानीय महिलाहरुले सो निर्माणाधिन सार्वजनिक दलान अन्य स्थानमा बनाउन स्थानीय प्रहरी चौकीमा निवेदन समेत दर्ता गराएका छन् ।