किशोर मंडल
जनकपुरधाम, २० असार । धनुषाको सबैलामा बिहीबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सबैला नगरपालिका वडा न ८ अवस्थित आधारभूत विद्यालय ठिल्ला यदुवामा फूल र विभिन्न प्रजातिका बोटबिरुवाहरू रोपी कार्यक्रम सम्पन्न गरिएको हो। वृक्षारोपण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ दिनेश रायले गरेका छन् भने प्रमुख अतिथि सबैला नगरपालिका वडा नं ८ का वडाध्यक्ष सेराजुल राइन् रहेका थिए भने विद्यालयका विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो । विद्यालयमा धेरै पहिलादेखि पर्खालको समस्या थियो तर अहिले चारैतिर पर्खाल लागिसकेको छ। पर्खाल लागिसकेपछि स्थानीय गाउँलेहरू एवं विद्यार्थीहरू खुसी भएका छन्।
विद्यालयको छेउमा नै पोखरी रहेको कारण बच्चाहरू पोखरीमा डुब्ने जोखिम धेरै थियो। धेरै दिनपछि सम्पूणर् ग्रामवासी र सोही विद्यालयका प्रधानाध्यापकको पहलमा सबैला नगरपालिकाको नगर स्तरीय बजेटबाट रु ८ लाखको लागतमा बाउन्ड्री वाल र ढोका सहितको को काम सम्पन्न भएको छ। बाउन्ड्रीको काम सम्पन्न भए लगत्तै विद्यालयमा सरसफाई र वृक्षारोपण गरी विद्यालयलाई सजाइएको छ।
कार्यक्रममा शिक्षिका निर्मला कापर, शिक्षक राम उदगार राउत , शिक्षिका गीता देवी साह, कार्यालय सहयोगी सुनिल कुमार राय लगायत विद्यालयका शिक्षक शिक्षिका ,समाजसेवी एवं अभिभावकहरूको उपस्तिथि रहेको थियो ।