जनकपुरधाम, १२ साउन ।भंगहा-जनकपुरधाम-जयनगर चल्ने रेलमा एक युवकले दुवै खुट्टा गुमाएका छन् ।धनुषाको जनकनन्दिनी गाउँपालिका- ३ महुवाका ३५ वर्षीय श्रीराम दासको दुबै खुट्टा गुमेको हो । शनिबार बिहान ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा च्यापिएर उनको दुवै खुट्टा काटिएको छ ।रेल जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । रेल खजुरी स्टेशनदेखि करिब तीन सय मिटर पश्चिम महुवामा घटना घटेको धनुषा प्रहरीले जनाएको
छ । प्रहरीका अनुसार रेलको छेउबाट हिँडिरहेका उनी अचानक रेलतिरै भाग्न खोज्दा च्यापिएका थिए ।रेलले हर्न दिएपछि दास उल्टै रेलतिरै दौडिँदा घटना घटेको रेल विभागका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।उनका अनुसार दासको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ ।
साभार : नेपाल प्रेस
2 वर्ष पहिले
397 Post Views


ffffffffffffffff_1780055023.jpg)




