जनकपुरधाम, माघ १४ गते । वन हर्ट वल्र्ड वाइड को आर्थिक सहयोग र सामुदायिक परिवार कल्याण संघ को साझेदारीमा धनुषाको स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजनाको आरम्भ बैठक सम्पन्न भएको छ।
यो परियोजना मातृ र नवजात स्वास्थ्य सेवाहरूको स्तर सुधार गर्नका लागि लागू गरिएका कार्यक्रमहरू मध्ये एक हो। यस परियोजनाले मातृ र नवजात मृत्यु दरलाई घटाउन, स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुधार गर्न, साथै समुदायमा स्वास्थ्यको बारेमा सचेतना बढाउनका लागि पालिकाहरुमा विभिन्न किसिमको गतिविधिहरू सञ्चालन गर्ने बताइएको छ।
परियोजनाका मुख्य उद्देश्यहरूमा सुरक्षित गर्भावस्था, प्रसव र नवजात शिशुको देखभालका लागि आवश्यक स्वास्थ्य सेवाहरूको पहुँच सुनिश्चित गर्ने, समुदायका मानिसहरूलाई मातृ तथा नवशिशु स्वास्थ्यको महत्त्व बुझाउने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने, स्थानीय स्वास्थ्य कार्यकर्ताहरुलाई आवश्यक तालिम दिएर उनीहरूको क्षमता वृद्धि गर्ने र परियोजनाको प्रभावकारिता मूल्याङ्कन गर्नका लागि नियमित डेटा संकलन र विश्लेषण गर्ने रहेको कार्यक्रम संयोजक उमेश कुमार यादवले बताए।
धनुषाको १८ वटै पालिका संचालन हुने यस अन्तर्गत मातृत्व क्लिनिक स्थापना गरेर प्राथमिक उपचार सेवा विस्तार गर्ने, सामुदायिक स्तरमा जनचेतना अभियान, गर्भावस्था अवधिमा महिला चिकित्सा जाँच गराउने प्रक्रिया सुधार जस्ता गतिविधिहरू संचालन गरिने बताइएको छ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनंदन मण्डलकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव , स्वास्थ्य निर्देशनालयकी सुनिता गुप्ता ,सामूदायिक परिवार कल्याण संघका अध्यक्ष महेन्द्र प्रसाद यादव , कार्यकारी निर्देशक लक्ष्मेश्वर प्रसाद मण्डल , कार्यक्रम संयोजक उमेश कुमार यादव , फिल्ड अफिसर विजय कुमार साह , वन हर्टका वरिष्ठ सल्लाहकार अच्युत लुईटेल, प्रोग्राम मेनेजर बबीता बिन्दु, सिनियर जिल्ला संयोजक अमरेन्द्र राईको उपस्थिती रहेको थियो ।