जनकपुरधाम, माघ १६ गते । प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालको जनकपुरधामबाट जानकी मंन्दिरको उत्तराधिकारी महन्थ राम रोशन दासले नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुबिधा को लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जीकले पनि नेपाली र भारतिय तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ।
नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन्। वहाँका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन्। जनकपुर युथ क्लबका पूर्व अध्यक्ष मनिष श्रीओम पनि वहाँसँगै सहभागी रहेका छन्।
युथ क्लबका पुर्व अध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए। तर वहाँले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरे। यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनले बताए।
इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए। सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीम सवार यात्रीलाइलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए।डा. राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल-भारत सीमा पूर्ण रूपमा खुला राख्नु पर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रिजस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिनुभयो। सरकारको नीति पर्यटक मैत्री र "अतिथि देवो भव:" को भावना अनुरूप हुनुपर्ने वहाँको सुझाव थियो।नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्या मध्ये प्रत्येक बर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाइ बिश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन।
धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवर्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने वहाँको भनाइ थियो।



ffffffffffffffff_1780055023.jpg)




