काठमाडौं, फागुन ८ : भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले स्वर्गिय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दैप्रकृतिको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो।
गत फागुन ४ गते केआइआइटीको होस्टलमा झुन्डिएको अवस्थामा बुटवलकी छात्रा प्रकति लम्सालको शव फेला परेको थियो। उनको बुधबार राति नेपाल ल्याएर दाहसंस्कार गरिएको छ।
केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको बताउँदै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ।
यस्तै, केआइआइटीका प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट तथा नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानीमार्फत प्रकृतिको मृत्युको बिषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए।
साभार : काठमाडौं प्रेस


ffffffffffffffff_1780055023.jpg)




