जनकपुरधाम ,चैत २५ गते । लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा जयनुल राईन चयन हुनु भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले उहाँलाई संसदीय दलको नेताको जिम्मेवारी दिनु भएको हो । सोमबार अध्यक्ष ठाकुरले हस्ताक्षर गर्नु भएको पत्र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पठाउँदै राईनलाई पार्टीको संसदीय दलका नेता बनाउनु भएको जानकारी गराइएको हो ।
यसअघि लोसपा संसदीय दलका नेता रहनु भएका अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले मधेस आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विक हत्या काण्डमा दोषी ठहर गरेपछि शर्मालाई प्रदेशसभाले गत वैशाख २१ गते बर्खास्त गरेको थियो ।
करिब १ वर्षसम्म लोसपा संसदीय दलका नेताको पद रिक्त रहेका थिए । महोत्तरीबाट दुई पटक पार्टीबाट निर्वाचित हुनु भएका राईन मुस्लिम समुदायका अगुवा नेता पनि रहनु भएको छ । सभामुख मण्डललाई मधेश प्रदेशका सभामुख मण्डललाई आफ्नै कार्यकक्षमा स्वागत गर्नु भएको थियो ।
साभार : रेडियो नेपाल