काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रबार अस्पताल र्पुयाएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
पूर्वसांसद आलमको मस्तिष्कघातका कारण अस्पताल भर्ना भएकाले आज शनिबार रौतहट जाने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । पूर्वसांसद आलम आलम अस्वास्थका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ ।
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्कघात भएपछि शुक्रबार बिहान करिब ११ बजे परिवारले अस्पताल र्पुयाएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भैरहेको छ ।’ केन्द्रीय सदस्य आलमले भने ।
साभार : काठमाडौं प्रेस
.jpg)