काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत ग्रेडेड भएका छन् ।
त्यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । परिक्षामा अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
ननग्रेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने शर्माले बताए ।
परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १७ जनाको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

साभार : नेपाल प्रेस