काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
उनलाई अदालते गत चैत १५ गते भएको तीनकुने घटना र बैंकिङ कसूरमा २५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश दिएको थियो ।
उनको स्वागतका लागि समर्थकहरु डिल्लीबजार कारागार परिसरमा आएका थिए । त्यस्तै, नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि प्रसाईंलाई स्वागत गर्न कारागार पुगेका थिए ।
साभार : नेपाल प्रेस