काठमाडाैं, चैत २२ : सरकारले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हाे।
पेट्रोलियम पदार्थमा उत्पन्न असहज अवस्थाका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

याेसँगै शैक्षिक संस्थाबाहेका कार्यालयहरूमा कार्यालय समय ९ बजेदेखि ५ बजे रहने छ।
बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ।
इरान र अमेरिका-इजरायल युद्धका कारण नेपालमा पनि इन्धन संकट देखिन थालेको छ। साथै पछिल्लो समय पेट्रोलियम पदार्थमा समेत भारी मूल्यवृद्धि भएको छ।
साभार: काठमाडौं प्रेस