जनकपुरधाम, असार ४ गते । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ दिने तालिम आज सम्पन्न भएको छ। गरीबसँग विशेश्वर कार्यक्रम अन्तर्गत ससर्त पुजी गत अनुदान कार्यक्रम अन्तर्गत रु एक लाख ८५ हजारको सहयोगमा आयोजना गरिएको र उक्त तालिममा २४० जना महिलाको सहभागिता रहेको थियो। समापन समारोहमा प्रमुख अतिथिको रूपमा वडा नं २१ का अध्यक्ष राजनारायण साह र विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोको उपस्थित रहेकाे थियो। कार्यक्रम तालिम सनगठित समुहका अध्यक्ष लिलम कुमारी साहकाे अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गरीबसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास, प्रशिक्षक बिरेन्द्र नायकले तालिमबारे धारणा राख्नुभएको थियाे।
4 महीना पहिले
121 Post Views