काठमाडौँ ,असार १२ गते। धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अङ्कले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।
कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैङ्कको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै, ग्लोबल आइएमई बैङ्कको डिवेञ्चर, २०८४/८५,नेपाल बैङ्कको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।
नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९० र एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।
यस्तै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैङ्क, एनआइसी एसिया ऋणपत्र २०८०, सोपान फर्मासिटिकल्स र माई खोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।
साभार ः रेडियो नेपाल








