जनकपुर, साउन १४ : प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो।
जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।
सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि तराईका धेरै जिल्लामा प्रदर्शन भइरहेको छ।
यसअघि तनवा बढेपछि सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ।
साभार: काठमाडौं प्रेस