काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन्।
मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।
मोर्चामा तत्कालीन नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि सहभागी भएको छ।
साभार : काठमाडौं प्रेस