जनकपुरधाम माघ ५ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिका अन्तरगतका १९ जना अपांगता भएका विद्यार्थीलाई बिहिबार एक कार्यक्रमका बिच साहायक सामग्री वितरण गरिएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना, भंगहा नगरपालिकाको समन्वय, जीएनआई तथा एसडब्लुसी नेसनल डिसेवल फन्डको प्राविधिक सहयोगमा सो सामानहरु वितरण गरिएको छ । भंगहा नगरपालिका वडा नं. ४ रामपुर विर्ता स्थित राष्ट्रिय आधारभूत विद्यालयमा नगरपालिकाका मेयर संजिव कुमार साहको अध्यक्षता तथा दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक सुनिल ठाकुरको प्रमुख आतिथ्यमा अपांगता भएका बालबालिकाहरुलाई साहायक सामग्री वितरण गरिएको परियोजनाका शिक्षा तथा संरक्षण अधिकृत उमेश साहले जानकारी दिनुभयो । सो अवसरमा विशिष्ठ अतिथिका रुपमा जीएनआईका टुपेन्द्र दुलाल रहनुभएको थियो ।