जनकपुरधाम,फागुन ५ गते ।धनुषा जिल्लाको प्रायः हरेक वडामा हुने गरेको बाल विवाहलाई अन्त गर्न विभिन्न कार्यक्रमहरु संचालन भईरहेको बेला शुक्रबार दुई पालिकामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रद्वारा संचालित बाल संरक्षण परियोजना अन्तरगत जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहाको महरा टोलमा बाल अधिकार समितिको अगुवाईमा बाल विवाह न्यूनिकरण सम्बीन्ध घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनलको आर्थिक सहयोग सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा भएको सो घरदैलो कार्यक्रममा सहभागी स्थानीयबासीहरुले कम उमेरमा नै विद्यालय शिक्षा लिइरहेको बेला किशोरकिशोरीहरु भाग्ने गरेको धेरै उदाहरण देखाउदै यसलाई रोक्न कडाईका साथ पेश हुन आग्रह गरेका थिए । मोवाइल फोनको दुरुपयोग गरी पछिल्ला समयमा किशोरकिशोरुहरु भाग्ने क्रम बढेकाले अधिकांश अभिभावक कम उमेरमै आफ्ना छोरीको विहे गर्नलागेको स्थानिय रामपुकारी महराले जानकारी दिनुभयो । स्थानीय प्रहरीको उपस्थितीमा बाल अधिकार समितिको अगुवाईमा भएको सो घरदैलो कार्यक्रममा अधिकांश स्थानीयबासी आफ्ना किशोरीहरु विस्वास नगरेको कारणले २० वर्ष भन्दा पहिला नै भाग्ने घरले बिहे गरेको गुनासो पोखे । यता, विदेह नगरपालिका वडा नं. ३ कर्माहीमा किशोरी समुहको अगुवाईमा समेत बाल विवाह विरुद्ध तथा बालअधिकार सम्बन्धी घरदैलो कार्यक्रम सम्पन्न भएका केन्द्रका बाल संरक्षण परियोजनाका कार्यक्रम अधिकृत अनिल साहले जानकारी दिनुभयो ।घर दैलो कार्यक्रममा सहभागी केन्द्रका कर्मचारी, महिला तथा किशोरीहरुले बाल विवाहबाट किशोरी तथा उनिबाट जन्मेका सन्तानलाई हुने स्वास्थ्य सम्बन्धी समस्या लागयतका नाकारात्मक पक्षहरुका बारेमा स्थानीय महिलाहरुलाई जानकारी गराएका थिए ।