जनकपुरधाम । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि नेपाल–भारत खुला सीमा सम्वाद समुहले आज पाँचौ हेल्प डेस्क प्रसिद्ध धर्म स्थल सतोषरमा सञ्चालन गरिरहेको छ । मिथिला मध्यमा परिक्रमाको बिहीवार एघारौं दिन नेपालको सतोषरमा नेपाल–भारत खुला सीमा सम्वाद समूह मधेस प्रदेशको सह संयोजक दिपक यादवको संजोकत्वमा निःशुल्क सेवा शिविर सञ्चालन गरिएको छ । समूहका धनुषा जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षता तथा बलराम कुमार राय ,कमलेश कुमार राय,संजय राय,बैजनाथ साहको सहभागिता प्राथमिक उपचार सहितका सहायताका कार्यहरु संस्थाका पदाधिकारीहरु द्वारा संचालनमा रहेको छ। शिबिर भोलि धनुषाको औरही हौरसाहामा समेत सो सेवा जारी रहने समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिएका छन् । यसअघि, मिथिला मध्यमा परिक्रमाको पहिलो दिन नेपालको हनुमानगढी जनकपुरधाममा, भारतको कलानेश्वर,गिरजा स्थानमा,पर्बत्ता,धनुषाधाममा सफलताको साथ शिबिर संचालन गरिएको थियो। सेवा शिबिर संचालनमा जनकपुरधामको औषधि ब्यबसायी गनेश यादव जी ले केही औषधि सहयोग गर्नु भएको थियो।