जनकपुरधाम चैत २ गते । महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका १६ जना महिला जनप्रतिनिधिलाई दिएको चौथो मोड्युलको प्रशिक्षण बुधबार सम्पन्न भएको छ । आईतबार देखि सुरु भएको सो प्रशिक्षणमा सहभागी भएको जनप्रतिनिधिहरुलाई आत्मविस्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भुमिकालाई प्रभावकारी बनाउन प्रशिक्षण दिइएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । सहभागीहरुलाई प्रशिक्षकद्वय पार्वति भटराई र सेतारमान ठोकरले प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशक्षिण कार्यक्रममा धनुषाका मिथिला नगरपालिकाका पुर्व उपप्रमुख ताराबस्नेत लामाले पालिकाको बजेट व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनु भएको थियो । प्रशिक्षणको समापन सत्रमा बोल्दै धनुषाधाम नगरपालिका उपप्रमुख विद्यादेवी भुजेलले पालिकाले अब योजना तर्जुमा गर्दा महिलाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गर्न मेयर संग समन्वय गर्ने आश्वासन दिनुभएको थियो । शी लिड्स तालिमको चौथो मोड्यूलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन । यस कार्यक्रमको मुख्य उदेशय निर्वाचित महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास गराई लैगिक समानता कायम गर्ने रहेको छ । महिला वडा सदस्यहरुलाई नेतृत्व गर्ने क्षमता अभिवृद्धिका लागि हल सम्म माण्डवीले ४ दिने तालिम ३ पटक दिई सकेको र यो चौथो तालिम हो । यस तालिममा व्यक्तिगत उत्थन्शीलता विकास , स्थानिय तहको, योजना तर्जुमा, कार्यन्वयन तथा अनुगमन प्रक्रिया, वजेट निर्माण, पैरवी , वार्ता र शक्तिको परिचय र शक्तिको मापन जस्ता ६ वटा विषयवस्तुमा प्रशिक्षण गराईएको थियो । महिला वडा सदस्यहरुको वजेट निर्माण तथा योजना तर्जुमामा भुमिका वारे छलफल गराईएको थियो । यस प्रशिक्षण कार्यक्रमले निर्वाचित महिला जनप्रतिनिधिको भुमिकामा काम गर्न सहभागिहरुलाई सहयोग गर्ने कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभयो । यस परियोजना अन्तरगत मधेश प्रदेश का ५ वटा जिल्लाका २८ वटा पालिकाबाट मोड्युल १ मा ४९२ जना, मोड्युल २ मा ६०५ जना र मोड्युल ३ मा ६०५ जना निर्वाचित महिला जनप्रतिनिधिहरु तालिममा सहभागी भएका थिए । शी लिड्स’ कार्यक्रम प्रदेश एकका ५ जिल्लाहरु सुनसरी, मोरङ्ग, झापा, खोटाङ र ओखलढुङ्गाका ३९ पालिकामा पनि सञ्चालनमा छ । शी लिड्सको प्रारम्भिक प्रशिक्षणको मोड्युल ३ पश्चात् अहिले सम्म ५९४ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले समूदायमा गएर २०७८ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समावेशिताको महत्वको बारेमा जनचेतना अभिबृद्धि गर्दै सामुदायिक परिचालनको अभ्यास गरिएको कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभयो ।