दिपेश मल्लिक, जनकपुरधाममा । धनुषामा बालबालिका सपना परियाेजना सम्बन्धी अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरिएकाे छ । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं ३ र ४ तथा जनकनन्दिनीगाउंपालिका वडा नं ३ र ९ गरि जम्मा चार ओटा वडामा बालबालिका सपना परियाेजना कार्यक्रमकाे आयाेजना SDRC ले गरेकाे हाेे । SDRC का कार्यकारी निर्देशक सुखदेव ठाकुरकाे अध्यक्षतामा आयाेजित यस कार्यक्रममा गर्भ अवस्था देखि ३ वर्ष सम्मका वच्चामा सर्वागिंण विकास बारे छलफल गरिएकाे छ ।कार्यक्रम संयाेजक विभास श्रेष्ठले जानकारी दिए अनुसार महिला भन्दा पुरूषकाे उपस्थिति नगन्य हुंदा बुवाकाे भुमिका ओझेलमा परे पनि बुवाको भूमिका पनि समुदायमा जरूरी रहेकाे बताए । उनले भने जुलाई २०२२ देखि सुरू भएकाे कार्यक्रममा १० महिनाकाे अवधिमा १८०० जति बालबालिका लाभान्वित भई ७५ जना बालबालिकालाई कपडा तथा झुल वितरण गरिएकाे छ । बालबालिकाकाे पांच ओटा विकासहरू जस्तै शारीरिक, मानसिक, सामाजिक, सम्वेगात्मक, भाषिक र सांस्कृतिक अधिकतम गराउने हाे भने बालबालिकाको सर्वागिंण विकासमा मदत पुग्ने कार्यक्रम निर्देशक निकिता यादवले वताए ।