किशोर मण्डल, जनकपुरधाम । एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय को परिपत्र अनुसार वुधवार नेपाली शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवस धनुषा जिल्लाको अध्यक्ष धर्मेन्द्र यादव ज्यु को अध्यक्षता तथा केन्द्रीय उपमहासचिव दिनेश राय ज्यु को प्रमुख आतिथ्यमा मधेश प्रदेश कमिटीको महासचिव गुलाब यादवको विशिष्ट आतिथ्यमा श्री जनता मा वि बेल्हि रजौल जनकपुरधाममा स्मृति सभा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम संचालन एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला सचिव मनोज कुमार यादवले गर्नु भएको थियो भने शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवस तथा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरेर भावपूर्ण श्रद्धाञ्जली प्रकट गरि शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवसको बारेमा शिक्षक नेताहरुले आ आफ्नो महत्वपूर्ण मन्तव्य राख्नु भएको थियो । चैत्र ८ गतेको दिन मा नै शिक्षक दिवस राष्ट्रिय स्तरमा समेत मनाउदा अझै शिक्षक बलिदानी दिवसको महत्व बढ्न थालेको वक्ताहरुले बताएका थिए।