जनकपुरधाम, चैत ९ गते । धनुषा जिल्लाको पाँच वटा स्थानीय तहमा संचालनमा रहेको बाल संरक्षण परियोजना अन्तरगत भईरहेको कामको सम्बन्धमा पुनरावलोकन बैठक बिहिबार जनकपुरधाममा सम्पन्न भएको छ । प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा भएको सो पुनरावलोकन बैठकमा सहभागी संस्थाहरुले अहिले सम्म भएको कामका बारेमा जानकारी गराएका थिए । धनुषा जिल्लाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाका विभिन्न वडाहरु बल संरक्षण परियोजना अन्तरगत संस्थाहरुले कार्यक्रम संचालन गरेका छन् । सो कार्यक्रम अन्तरगत सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल, सामाजिक विकास र अनुसन्धान केन्द्र, आफन्त नेपाल, राष्ट्रिय अपांग महासंघ,राष्ट्रिय वाल परिषद,माइती नेपाल, ओरेक नेपाल, लगायतका संस्थाहरुले गरिरहेको कामका सम्बन्धमा जानकारी गराएको बाल संरक्षण परियोजनाका परियोजना संयोजक पुजा शर्माले जानकारी दिनुभयो । सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुकदेब ठाकुरले बाल संरक्षण परियोजना अन्तरगत भईरहेको कामका सम्बन्धमा जानकारी गराउदै अगामी दिनमा हुने कृयाकलापका बारेमा सहभागी संस्थाहरुलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । सो बैठकमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतम, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरिक्षक चन्द्रकला भट्टराई,महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सामाजिक विकास महासशाखाका प्रमुख देवकुमारी खत्री लगायतकाले बालबालिकाहरुको अवस्थाका बारेमा जानकारी गराउदै सामाज गर्नुपर्ने कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै सो कार्यक्रममा बाल संरक्षण कार्यदल समेत गठन गरिएको छ । बालबालिकाको हितमा सरोकारबलालाई थप कृयासिल बनाउने उद्देश्यले गठन भएको सो कार्यदलमा संस्थागत रुपमा आसमान नेपाल, ओरेक नेपाल,राष्ट्रि«य अपाँंङग महासंघ, माइती नेपाल, सामुदायिक परिवार कल्याण संघ, सामाजिक विकास र अनुसन्धान केन्द्र, आफन्त नेपाल, जानकी एफएम तथा आवर संसार नामक संस्था रहेका छन् । बाल अधिकारको क्षेत्रमा पालिका स्तरमा भईरहेको कामलाई थप प्रभावकारी बनाउन छनोट भएका पाँच वटा पालिकामा नै थप कार्यक्रमहरु संचालन गरिने प्लान ईन्टरनेसनलका काजल झाले जानकारी दिनुभयो ।