दिपेश मल्लिक, जनकपुरधाम । हामी क्षयराेग अन्त्य गर्छाै भन्ने नाराका साथ आज विश्व क्षयराेग दिवस धनुषाको लक्ष्मीनिया गाउँपालिका सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । कार्यक्रममा बोल्दै मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरीता साहले क्षयराेग सरूवा राेग भएकाेले सतर्कता अपनाउन आग्रह गरिन । उनले भनिन् - क्षयराेग लागेपछि आफ्नाे मान्छे पनि टाढा हुने भएकोले समयमा राेगकाे पहिचान गरि उपचार गराई स्वस्थ हुन सकिन्छ ।कार्यक्रममा गाउँपालिकामा क्षयरोगको अवस्था बारे बाेल्दै लक्ष्मीनिया गाउंपालिका अध्यक्ष भाेगेन्द्र मिश्रले स्वास्थ्य क्षेत्रमा विशेष लगानी गरि क्षयराेग मुक्त नेपाल अभियानकाे शुरूवात हाम्रै गाउंपालिकावाट भएकाे बताए । डाक्टर राेबर्ट काेचद्वारा पता लागेको क्षयराेगका किटाणुको लक्षण छाति दुख्नु , खकारमा रगत देखिनु, थकान महसुस हुनु जस्ता अनेक चिन्ह वा आधारमा समुदायमा लुकेर वसेका राेगिलाई पतालगाई निकाे पार्न पहल हुनुपर्ने सेभ द चिल्ड्रेनका डा. लिला बहादुर वस्नेतले वताए ।उनले तीनै तहका सरकारले आपसमा सहकार्य गरी पहल गर्न जरूरी रहेकाे कुरामा जोड दिए । मधेस सरकारकाे विशेष पहलमा क्षयराेग मुक्त नेपाल अभियानलाई सफल वनाउन मधेश प्रदेशका नगरपालिका तथा गाउंपालिकाहरू मध्ये लक्ष्मीनिया गाउंपालिका, हरिवन नगरपालिका र निजगढ नगरपालिकाले अभियान सञ्चालन गरिसकेको जानकारी स्वास्थ्य निर्देशनालयका सपहीका राजवीर यादवले गराए । नेपालमा कुल जनसंख्याकाे ५० प्रतिशत व्यक्ति क्षयराेगवाट संक्रमीत भई दिनहु ४४ जनाकाे मृत्यु हुने अनुमान रहेको सेभ द चिल्ड्रेनका मकालु राईनले बताए । उनले भने आंखाले देख्न नसकिने राेग सुसुप्ता अवस्थामा हुंदा समस्या भएपनि उपचारकाे लागि सरकारले डट्स सेवा लागू गरेकाेले सवै तहवाट पहल हुन जरूरी रहेकाे छ ।