जनकपुरधाम १३ गते चैत । नेपाल वित्तीय संस्था कर्मचारी संघ मधेश प्रदेश अध्यक्षमा जनकपुरका शौरभ झा सर्वसम्मत निर्वाचित भएका छन् । कृषि विकास बैंक लि.अन्तर्गतका कर्मचारीहरुको सबभन्दा ठूलो ट्रेड यूनियन मानिने वित्तीय कर्मचारी संघको शनिबार जनकपुरमा सम्पन्न प्रदेश अधिवेशनबाट झा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको वित्तीय कर्मचारी संघको केन्द्रिय समितिको निर्णय अनुसार चैत्र ११ गते ७ वटै प्रदेशमा अधिवेशन सम्पन्न भएको हो । जनकपुरधाममा भएको अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट उपस्थित जिल्ला अध्यक्षहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरुले बैंकको शिवचौक बैंकिङ्ग शाखामा कार्यरत झालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य एंव वित्तीय संस्था कर्मचारी संघका केन्द्रिय सदस्य प्रदीप यादवले जानकारी दिनुभयो । अधिवेशनबाट उपाध्यक्षमा सर्लाहीका प्रविण कुमार झा, बाराका जितेन्द्र पासवान र सप्तरीका दिलिप कुमार यादव निर्वाचित भए । त्यस्तै सचिवमा मनिश कुमार चौधरी, सहसचिव सन्दीप कुमार साह, कोषाध्यक्ष अनिल कुमार यादव र सदस्यहरुमा प्रशान्त राय, ललित कुमार पण्डित, अमित राय, कृष्ण प्रसाद साह, शकुन्तला यादव, दयानन्द यादव, मनिशा दुलाल, नागेन्द्र पासवान, प्रदिप कुमार यादव, रामदरेश यादव, निर्मल लोचन अधिकारी, नागेन्द्र पटेल चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले प्रमाण पत्र प्रदान गरेसँगै शपथ ग्रहण समेत गराए । बन्द सत्र अघि भव्य रुपमा आयोजित अधिवेशन खुला सत्रको उदघाटन धनुषा निर्वाचन क्षेत्र नं.घक का प्रदेश सांसद, पूर्व मन्त्री, नेपाली कांग्रेस धनुषाका पूर्वा सभापति रामसरोज यादवले गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस धनुषा क्षेत्र नं.३ का सहसिचव ह्रदयकान्त झा, कृषि विकास बैंक लि.मधेश प्रदेश निर्देशक नवीन कुमार पाख्रिन, नेपाल वित्तीय संस्था राष्ट्रिय समितिका उपाध्यक्ष सोभित कुमार साह र नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रिय समितिका पूर्व उपाध्यक्ष लालबाबु साहको विशेष उपस्थिती रहेको थियो । त्यस्तै अतिथीहरुमा वित्तीय कर्मचारी संघका केन्द्रिय सल्लाहकार सतिश चन्द्र चौधरी, केन्द्रिय सदस्य प्रदीप यादव, कृषि विकास बैंक कर्मचारी संघका प्रदेश अध्यक्ष सुरज साह, वित्तीय कर्मचारी संघ राष्ट्रि समितिका प्रदेश अध्यक्ष सन्तोष कुमार चौधरी र बैंकका विभिन्न शाखाका शाखा प्रबन्धकहरुले शुभकामना मनतव्य राखेका थिए । वित्तीय कर्मचारी संघको कार्यवाहक प्रदेश अध्यक्ष संजीव कुमार साहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट निर्वाचित प्रदेश अध्यक्ष झाले आफु नेतृत्व गरेपछि मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरुले केन्द्रबाट हेपिने दिन नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।