जनकपुरधाम चैत २३ गते ।तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, इतिहासिक जनता पार्टी र राष्ट्रीय सद्भावना पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण ज्ञापन पत्र दिएको छ । लोकतान्त्रिक मधेशी मोर्चाले यस पत्र मार्फत ११ सूत्रीय मांग राख्दै धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी अनुज भंडारीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन । सो ज्ञापनपत्रमा उक्त मागहरु ग्रिएका छन् । १. विधिको शासन र लोकतान्त्रिक अभ्यासको पूर्ण पालना होस् २. मधेश, थरुहट, आदिवासी जन–जाति, मुस्लिम, दलित, पिछडा वर्गको मांगको सम्वोधन र स्थानीय र प्रादेशिक तहको प्रतिनिधित्व गर्ने संघीय संसदको सदन राष्ट्रीयसभामा जनसंख्या आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रीयसभाको समान भूमिका लगायतका विषयमा त्रुटिहरु सुधार्न संविधानको संशोधन गरियोस् ।३. राज्यका हरेक अंगमा समानुपातिक समावेशिता लागू गरियोस् ।४. निर्वाचन प्रणालीमा देखिएका पैसा, बाहुबल, जातवादबाट मुक्ति र सबै समुदाय तथा क्षेत्रबाट जनताको सही प्रतिनिधित्वको चयन सुनिश्चित गर्न पूर्ण समुपातिक निर्वाचन पद्धति लागू गरियोस् ।५. स्थानीय तहको निर्वाचन गैर दलीय आधारमा गरिने व्यवस्था होस् ।६. नागरिकता विधेयक, २०७९ कानून बनेको घोषित गरियोस् ।७. लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी मधेश, थरुहट आन्दोलनको क्रममा लगाइएका झूठा मुद्दाहरू खारेज गरियोस् ।८. नेपाल–भारत सीमा क्षेत्रमा घरायसी प्रयोगको निमित्त गृहस्थीका सामानहरु, खेतीमा प्रयोग गरिने मल–खाद तथा बिउ–बीजन अथवा व्यक्तिगत र विवाह–व्रतवन्धको प्रयोजनको निमित्त लत्ता–कपडा लगायत वन्दोवस्तीका सामानहरु ल्याउन लैजान सवारी साधन बाधित गर्ने, नागरिकसंग दुर्व्यवहार गर्ने जस्ता कार्यहरु तत्काल बन्द गरियोस् ।९. कृषि क्षेत्रमा प्रतिफलमूलक सुधारको निमित्त आधुनिकीकरण र तकनीकी ज्ञानको साथै समयमै मल–खाद, बीउ–बीजनको आपूर्तिको सुनिश्चितता गरियोस् ।१०. युवा श्रमशक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर ।११. भ्रष्टाचारको नियन्त्रको निमित्त कारगार अभियान चलाउ ।