किशोर मण्डल , जनकपुरधाम। धनुषाको विदेह नगरपालिका वडा नं -६ तिनकौरिया चौक स्थित श्री जनता नमूना मा.वि.गिद्धा-बेलापट्टीका शिक्षक र कर्माचारीले आफ्ना छोराछोरी सोही सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । हरेक दिन प्रार्थनाको समयमा दिने उत्प्रेरणा सभामा बुधवार बिहान अभिभावकहरुले गुनासोमा,"तपाईंहरू आफ्नो बच्चालाई बोर्डिङमा पढाउनुहुन्छ र हामीहरुलाई सरकारीमा पढाउन उत्प्रेरित गर्नुहुन्छ;हामीहरुले कसरी पत्याउने भन्ने प्रश्नको जवाफ दिँदै यस्तो सपथ खाएका छन्। शिक्षक कर्मचारीले आफ्ना छोराछोरी सोही सामुदायिक नमूना विद्यालयमा पढाउने संकल्प खाएका हुन् । तत्काल कार्यान्वयन शुरु गर्ने गरी नयाँ शैक्षिक सत्र २०८० वाट नर्सरी देखि ६ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक पवन मण्डललले जानकारी दिएका छन्। नगरभित्रका सरकारी सेवा सुविधा उपभोग गरिरहेका जोसुकैले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रध्यानाध्यापक मण्डलले बताए । सामुदायिक विद्यालयको विकास र शिक्षामा गुणात्मक सुधार ल्याउन चालेको कदम सराहनीय रहेको भन्दै घोषणा सभाका वक्ताहरूले राज्यबाट आएका सेवा सुविधामाथि जनप्रतिनिधि तथा कर्मचारीले सही तरिकाले सदुपयोग गर्न सके शिक्षाको गुणस्तरले राम्रो फड्को मार्ने बताए ।