काठमाडौं ,असार २७ गते । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २९० प्रकारका औषधिको शुल्क तोक्दै नयाँ दर रेट सार्वजनिक गरेको हो ।
आगामी साउन १ गतेदेखि लागू हुने नयाँ दर रेट सार्वजनिक गरिएको बोर्डले जनाएको छ । बोर्डले लामो समय देखि एउटै दररेटमा उपलब्ध सेवालाई समयानुकूल परिमार्जन गरेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । उनका अनुसार परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रति दिन २५० रुपैयाँ राखिएको छ ।
सार्वजनिक नयाँ दर रेड अनुसार सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । बोर्डले नयाँ दर रेट तोकेसँगै सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमा बोर्डको वैशाख २० गतेको निर्णय अनुसार सुविधा थैली अन्तरगतका सेवा सुविधाको परिमार्जित विवरण तथा दर रेट, २०८१ २०८१ साउन १ देखि लागू हुने भन्दै बोर्डको वेवसाइटमा राखिएको परिमाजिर्तत विवरण तथा दर रेट बमोजिम कार्यान्व्यन गर्न परिपत्र गरेको छ ।
यस्तो छ सूचीः