जनकपुरधाम , पुष २० गते ।जनकपुरमा प्रदेश स्तरीय दलित तथा आदिवासी जनजाति गैर सरकारी संस्था हरुको क्षमता अभवृद्धि तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता संजिव यादवको प्रमुख आतिथ्यमा शुक्रवार भएको सो कार्यक्रममा सहभागीहरुले नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि दलित नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए । दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजका ेभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ लिडर सीप एकेडमी नेपालले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको बताए । लिडर सीप एकेडमी नेपालका अध्यक्ष प्रभाकर प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सबै किसिमको आर्थिक एवं सामाजिक असमानता हटाई दलित समुदायको आर्थिक सबलीकरण गर्न उनीहरुको परम्परागत पेसा, कला, सीप, व्यवसायको प्रोत्साहन र प्रवद्र्धनमा राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिईएको छ । विशेषतः दलितको सीपको प्रयोग गरी उत्पादन बढाउन राज्यले विशेष कार्यक्रम ल्याउनमा जोड थियो । दलितले पुस्तौँदेखि बजाउँदै आएको बाजा वा कलालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन राज्यले भूमिका खेल्न सक्छ । जबसम्म दलित लगायत उत्पीडित समुदाय आर्थिक रुपमा सबल हुँदैनन , तबसम्म देशको समृद्धि भएको मान्न नसकिनेमा वतmाहरुको जोड थियो ।