काठमाडौं,फागुन १८ गते । बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।
आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ । ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।
आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ । आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ । बंगलादेशमा राम्रो अग्नी सुरक्षा सकर्तका नभएको तथा कमजोर पूर्वाधार भएको भन्दै आगलागीका घटनाहरु धेरै हुँदै आएको बीबीसीले उल्लेख गरेको छ ।साभार : नेपाल प्रेस