ढाका, साउन २१ : बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।विद्यार्थीको आन्दोलन हिंस्रक बन्दै गरेपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी थिइन्। राजीनामा दिँदै देश छाडेपछि बंगलादेशको सत्ता सेनाले हातमा लिउको छ।
सत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।उनले सबै दललाई बोलाएर अन्तरिम सरकारको तयारी भइरहेको जनाएका छन्।
साभार : काठमाडौं प्रेस