काठमाडौं ,मंसिर १२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक थालनीको मंगलबार ७ वर्ष पूरा भएको छ । २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको औपचारिक सुभारम्भ भएको सम्झनामा सरकारले हरेक वर्ष मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउदैँ आएको छ । दिवसकै अवसरमा मंगलबार सामाजिक सुरक्षा कोषले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
तथ्यांकमा सामाजिक सुरक्षा
कोषको तथ्यांक अनुसार सामाजिक सुरक्षा योजनाको औपचारिक सुभारम्भ भएको ७ वर्षको अवधिमा १९ हजार ७६९ रोजगारदाता कोषमा आवद्ध भएका छन् भने ती रोजगारदातामार्फत अहिलेसम्म ५ लाख ४३ हजार ४९१ योगदानकर्ता आवद्ध छन् ।
जसमा जम्मा रोजगारदाताको ६८ प्रतिशत अर्थात सबैभन्दा बढी बागमती प्रदेशमा १३ हजार ५३० रोजगारदातामार्फत ४ लाख १३ हजार ८६२ योगदानकर्ता आवद्ध भएका छन् । दोस्रोमा कोशी प्रदेशमा २ हजार ९६ रोजगारदातामार्फत ५६ हजार ६६८ योगदानकर्ता आवद्ध छन् । यस्तै क्रमस लुम्बिनी प्रदेशमा १ हजार ६३१ रोजगारदातामार्फत १९ हजार ३४५ योगदानकर्ता, मधेश प्रदेशमा १ हजार ६ रोजगारदातामार्फत २७ हजार ८२ योगदानकर्ता, गण्डकीमा ९५० रोजगारदातामार्फत २१ हजार ९१० योदानकर्ता आवद्ध छन् ।
त्यसपछि सबैभन्दा कम कर्णाली प्रदेशमा २६५ रोजगारदातामार्फत १ हजार ९२६ योदानकर्ता र सुदूरपश्चिम प्रदेशमा २९१ रोजगारदातामार्फत २ हजार ६९८ रोजगारदातामार्फत २ हजार ६९८ योगदानकर्ता आवद्ध छन् ।
करिव ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीबाटविशेषगरी निजी क्षेत्रमा कार्यरत आन्तरिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने सरकारको लक्ष्य भए पनि कोषमा आवद्ध श्रमिकको संख्या हेर्दा करिव ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीमा गएका श्रमिक आवद्ध भएका छन् ।
वैदेशिक रोजगारीमा जानु अघि अनिवार्य सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था भएपछि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या बढी भएको हो । यद्यपी बैदेशिक रोजगारीमा आवद्ध भएका श्रमिकलाई कोषमा आवद्ध गराउन थालेको करिव २ वर्षमात्रै पुगेको छ । जबकि औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आवद्ध गराउन थालेको ६ वर्ष पुगिसकेको छ ।
कोषको तथ्यांक अनुसार अहिले जम्मा योगदनकर्ता १७ लाख ९७ हजार ६४० जना रहेकोमा बैदेशिक रोजगारीमा गएका श्रमिकको संख्या करिव ७० प्रतिशत अर्थात १२ लाख ५२ हजार ६१५ रहेको छ । यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत ३०७ र स्वरोजगारको क्षेत्रमा कार्यरत २२७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
६८ अर्ब ६८ करोड जम्मा, करिव ७८ प्रतिशत वृद्ध अवस्था योजनामा जम्मा
कोषमा अहिलेसम्म विभिन्न योजनामार्फत योगदानकर्ताबाट ६८ अर्ब ६८ करोड जम्मा भइसकेको छ । जसमा औपचारिक क्षेत्रबाट सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ५३ अर्ब ७३ करोड १९ लाख ५४ हजार ६५९ जम्मा भइसकेको छ भने दोस्रोमा दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा २ अर्ब ६५ करोड ८ हजार ३१ रकम जम्मा भएको छ । यस्तै तेस्रोमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ८९ करोड २९ लाख १४ हजार ५७४ जम्मा भउको छ भधने आश्रित परिवार सुरक्षा योजनामा ५१ करोड १० लाख ८४ हजार २१ रकम जम्मा भएको छ ।
यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकबाट पौने ३ अर्ब जम्मा भएको छ । कोषमा अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकबाट विभिन्न योजनाबाट २ अर्ब ८२ करोड ४६ लाख ४१ हजार २०५ रुपैयाँ जम्मा भएको छ ।
जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामार्फत ९८ करोड ५१ लाख ८५ हजार ८७० जम्मा भएको छ भने वैदेशिक रोजगारीमा गएका श्रमिकबाटै वृद्ध अवस्था सुरक्षा योजनामा १ अर्ब ८३ करोड ९४ लाख ५५ हजार ३३५ जम्मा भएको छ ।
यस्तै अनौपचारिक क्षेत्रका श्रमिकबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २० लाख ५९ हजार ६०९ र वृद्ध अवस्था सुरक्षा योजनामा २० लाख १५ हजार ३२५ जम्मा भइसकेको छ । यस्तै स्वरोजगारको क्षेत्रबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९४ हजार ७९४, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १ लाख ३२ हजार ९८०, आश्रित परिवार सुरक्षा योजनामा २५ हजार ६४४ र वृद्ध अवस्था सुरक्षा योजनामा २८ लाख ६१ हजार ८२८ जम्मा भइसकेको छ ।
सबै क्षेत्रका श्रमिकबाट सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ५५ अर्ब ५७ करोड ६२ लाख ८७ हजार १४७ जम्मा भएको छ भने दोस्रोमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ४ अर्ब १४ करोड ६५ लाख ८ हजार ५४७ जम्मा भएको छ । यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ८९ करोड ५० लाख ६८ हजार ९८२ र अतिरिक्त प्रतिफल १ अर्ब १७ करोड ८३ लाख ४६ हजार ६०२ जम्मा भएको छ । कोषमा अनुसार जम्मा प्रतिफल भने ५ अर्ब ८८ करोड ५३ लाख २५ हजार २५२ पुगेको छ ।
१ लाख ८० हजार श्रमिकबाट ११ अर्ब ६२ करोड योगदानकर्ताका दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषका अनुसार अहिलेसम्म एक लाख ८० हजार श्रमिकले ३ लाख ७४ हजार ८४७ पटक गरेर ११ अर्ब ६२ करोड रूपैयाँ दाबी भुक्तानी भइसकेको अवस्था छ । उनीहरुबाट ५ लाख ५७७ पटक दाबीमार्फत उक्त रकम भुक्तानी भएको हो । जसमा सबैभन्दा बढी ९२ हजार २०८ योगदानकर्तालाई वृद्ध अवस्था सुरक्षा योजनामामाफर्त ९८ हजार ३५८ पटक गरेर ९ अर्ब ८० करोड ६३ लाख ७५ हजार ७३८ रकम भुक्तानी भइसकेको छ ।
यस्तै दोस्रोमा ८३ हजार ९६० जना योगदानकर्ताले ३ लाख ७४ हजार ८४७ पटक औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामार्फत १ अर्ब ४८ करोड १६ लाख ७८ हजार १४७ रकम दाबी भुक्तानी लिइसकेका छन् ।
यस्तै ४ हजार १६७ योगदानकर्ताले ७ हजार ११७ पटक दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत १५ करोड २० लाख ६५ हजार ११२ रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । यस्तै ५८७ योगदानकर्ताले २० हजार २५५ पटक गरेर आश्रित परिवार सुरक्षा योजनामार्फत १८ करोड ५५ लाख ५ हजार ९६८ रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
साभार : नेपाल प्रेस